काठमाडौं उपत्यकामा १९३४ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३४  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३४  जनालाई  कोरोना संक्रमण देखिएको हो। 

देशभर ३ हजार ७ सय ४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ। 

२४ घण्टामा ३ हजार ५ सय ६४  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ। 

आज देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts