औषधि व्यवस्था विभागमा विवादित बनेपछि ढकाललाई हटाएर भट्टराईलाई जिम्मेवारी दिइयो

काठमाडौं, २९ असोज । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरिएको छ ।
बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको नेतृत्वमा बसेको बैठकले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि विभागका महानिर्देशक रहेका नारायण ढकाललाई विभाग अन्तर्गतकै राष्ट्रिय प्रयोगशालाको निर्देशकमा सरुवा गरिएको मन्त्री ढकालका प्रेस संयोजक माधव प्रसाद तिवारीले हाम्रो डाक्टर न्यूजलाई बताए ।
दुई महिना अघि एघारौँ तहमा बढुवा भएका घट्टराईको पदस्थापन हुन सकेको थिएन ।
ढकालले विभागको नेतृत्वमा रहेर काम गर्दा विवादित बनेपछि उनलाई जिम्मेवारी हटाइएको र भट्टराईलाई जिम्मेवारी तोकिएको हो ।
Last modified on 2020-10-15 18:53:00