पोखरा महानगरका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द



Download our app to get more features

कास्की, २९ असोज । पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट दिईने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ।

 केही कर्मचारीमा सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको महानगर प्रमुख मानबहादुर जिसीले सूचना जारी गरेकाछन् । 

 महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने भएकाछन् ।  

महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ। 

Last modified on 2020-10-15 13:40:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts