ललितपुरको किस्ट अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २९ असोज । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ ।
उनको छातीमा पानी जमेको समस्याले गर्दा यही असोज २० गते भर्ना गरिएको थियो ।
उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।
Last modified on 2020-10-15 11:00:46