चितवनमा ३ वर्षीय बालकसहित थप ५९ जनामा काेराेना संक्रमण पुष्टि

चितवन, २९ असाेज । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका ३ वर्षीय बालकसहित थप ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
बुधवार गरिएकाे परीक्षणकाे नतिजा अनुसार चितवनका ५४ जनासहित अन्य जिल्लाका समेतगरी थप ५९ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार संक्रमित हुनेमा ३४ जना पुरूष र २५ जना महिला रहेका छन् । भरतपुर महानगरपालिकामा सबैभन्दा बढी १९ पुरूष र ११ महिला गरी ३० जना छन् । यहाँ संक्रमित हुनेमा ३ वर्षीय बालक समेत छन् । त्यस्तै, खैरहनी नगरपालिकाका ३ महिला र २ पुरूष गरी ५ जना छन् । बाँकी १९ जना चितवनका विभिन्न पालिकाका छन् ।
त्यस्तै अन्य जिल्लाका काेराेना संक्रमण पुष्टि हुनेहरूमा पाँच जना छन् ।
बुधवार प्रयाेगशालामा २ सय ८१ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती ५९ जनामा संक्रमण देखिएकाे हाे । बाँकी २ सय २२ वटा नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारी बताइन् ।
उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।