काठमाडौंमा कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाब सङ्कलनको काम तीव्र



Download our app to get more features

काठमाडौं, २८ असोज ।  काठमाडौं महानगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाब सङ्कलनमा तीव्रता दिएको छ । 
महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा सङ्क्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाब सङ्कलन गरिरहेको हो । 

सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने ठाँउमा स्वाब सङ्कलन गरिरहेका छन् । एक ठाँउमा दुई सय जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब सङ्कलन भइरहेको छ । परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिएको छ । 

सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिस्टेन्ट तथा स्वाब कलेक्शन टिमका संयोजक ऋषि भुसालले महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाब सङ्कलनको काम गरिहेको बताए । 
सरकारी प्रोटोकलअनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भए पनि कतिपय व्यक्तिहरुले दोहोर्‍याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रुपमा रहेको उनले  बताए । 
काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सङ्क्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ । सरकारले कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह पनि  गरिहेको छ । 

Last modified on 2020-10-14 20:55:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts