भरतपुर अस्पतालमा उपचाररत हेटौंडाका काेराेना संक्रमित पुरूषकाे मृत्यु



Download our app to get more features

चितवन, २८ असाेज । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड-१९) संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका-९, प्रगतिटोलका ६६ वर्षीय पुरुषकाे बुधवार साँझ ६ः१५ बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ ।

उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका थिए । उनमा बुधवार नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि काेभिड आईसियूमा राखेर भेन्टिलेटरकाे सहायताले उपचार गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

उच्च रक्तचाप र दमका बिरामी समेत रहेका उनमा जटिल प्रकृतिकाे काेभिड निमाेनिया समेत देखिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

याेसँगै भरतपुर अस्पतालमा उपचार गराइएका मध्ये अहिलेसम्म २३ जना संक्रमितकाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा केही अन्य अस्पतालबाट रिफर भएर आएका त केही अन्तिम अवस्थामा अस्पताल आएका मध्ये बढी छन् ।

Last modified on 2020-10-14 19:59:56

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts