बिमा गरेका व्यक्तिको कोरोना परिक्षण शुल्क कोरोना बिमाबाट काटिने



Download our app to get more features

काठमाडौं, २८ असोज । कुनै कम्पनीमा बिमा गरिएका व्यक्तिको परीक्षण शुल्क बिमा रकमबाट काटिएने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड(१९ को प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै बिमा गरेका व्यक्तिको परिक्षण शुल्क बिमा रकमबाट कटिने व्यवस्था गरिएको बताए । 

मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

उनले आर्थिक रुपले विपन्न, असाह्य एकल महिला, जेष्ठ नागरिक,अति अपाङग व्यक्ति फ्रन्टलाइनमा काम गरिरहेका व्यक्ति, सुरक्षाकर्मी, सरसफाईकर्मीलगायत जोखिम  क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई लक्षण देखिएमा बिमा निशुल्क गरिने बताए।  

Last modified on 2020-10-14 19:40:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts