नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८० हजार नाघ्यो

संक्रमितको संख्या १ लाख १७ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, २८ असोज । नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या ८० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप २ हजार १ सय ७४ जना कोरोना संक्रमणमुक्त भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ हजार १ सय ७४ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको बताए ।

यस्तै नेपालमा थप २ हजार ६ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा १३ हजार ९ सय ४७ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

नेपालभर हाल ३६ हजार ३ सय ६७ सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १४ हजार ८ सय १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा रहेका छन् । 

नेपालमा हाल ४ हजार ६ सय ६६ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2020-10-14 16:29:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts