चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरका काेराेना संक्रमित एक पुरूषकाे मृत्यु

चितवन, २८ असाेज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड-१९)संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
नवलपुरकाे मध्यबिन्दु नगरपालिका–१५ का ७५ वर्षीय पुरूषको मंगलबार राति १०ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा. दयाराम लम्सालले जानकारी दिए ।
उनका अनुसार श्वासप्रश्वास समस्या भई ती पुरूष उपचारको लागि यहि असोज १८ गते अस्पतालमा भर्ना भएका थिए ।
उनमा असोज २० गते कोरोना संक्रमण पुष्टि भएकाे थियो । ती पुरूषको कोभिड आईसीयूमा उपचार भइरहेको थियो । उनको उपचारकाे क्रममा त्यहीँ मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
Last modified on 2020-10-14 12:23:38