आइसीयू बेड नपाएर ७७ वर्षीया कोरोना संक्रमिति महिलाको मृत्यु



Download our app to get more features

रुपन्देही, २८ असोज ।  बुटवलमा दुई दिनदेखि आइसियू बेडको प्रतिक्षामा रहेकी  एक संक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका ७७ वर्षीया एक वृद्ध २ दिनदेखि आइसियू बेड कुर्दै गर्दा गएराती मृत्यु भएको बुटवलमा अवस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले वताए ।

गएको असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका सुनवल ४ नवलपरासीका ती वृद्धलाई सोही दिनदेखि नै आइसियूमा राख्नु पर्ने भएपनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो ।
 

बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसियू बेड खालि भएपछि विरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुका रोगी तथा रगतको कमी भएका वृद्धको राती करिब २ बजे लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डा. थापाले बताए ।
पछिल्लो समय कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आइसियू बेडको अभाव देखिएको छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आइसियू बेड खाली छैनन् भने अन्य साधारण बेडमा २५ जना विरामी रहेका अस्पतालले जनाएको छ ।

Last modified on 2020-10-14 11:11:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts