प्रदेश लोक सेवा लुम्बिनीले पनि खुलायो डाक्टर, नर्स सहित ६४ वटा दरवन्दीमा विज्ञापन

काठमाडौं, २८ असोज । लुम्बिनी प्रादेश लोक सेवा आयोगले मेडिकल अधिकृत, नर्सिङ, फिजयोथेरापिष्ट र ल्याब टेक्नोलोजिष्ट गरी ६४ वटा दरवन्दीमा आवेदन खुला गरेको छ।
प्रादेशिक आयोगले आज सूचना जारी गर्दै मेडिकल अधिकृतमा ४९, नर्सिङ अधिकृतमा ७, फिजियोथेरापिष्ट ३ र मेडिकल ल्याब टेक्नोलोजिष्टमा ५ वटा दरबन्दीमा आवेदन खुला गरेको हो।
आयोगले कार्तिक १८ गतेसम्म दरखास्त हाल्न भनेको छ। आठौं र सातौं तहका लागि आयोगले लिखित, सामुहिक छलफल र अन्तर्वार्ताबाट परीक्षा लिने छ।