राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति प्राप्त प्रयोगशालाले मात्रै एन्टीजेन परीक्षण गर्न पाउने



Download our app to get more features

काठमाडौं, २७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण सम्बन्धी निर्देशिका मापदण्ड चौथो संशोधन गरेको छ ।

मन्त्रालयले नेशनल टेस्टिंग गाइडलाईन फर कोभिड १९ चौथो संशोधन गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चौथो संशोधनपछि एन्टिजेन परीक्षणका लागि एफडिए, इयूूए मान्यता प्राप्त र स्वास्थ्य सेवा विभागबाट सूचिकृत किटहरु मात्रै प्रयोग गर्न सकिने बताए ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति प्राप्त प्रयोगशालाले मात्रै एन्टीजेन परीक्षण गर्न पाउने, बायो सेफ्टी प्रोटोकल नमूना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको हुनुपर्ने, परीक्षण शुल्क रु एक हजार मात्रै लिन पाउने व्यवस्था पनि गरिएको बताए ।

यस्तै स्थानीय सरकारले गर्दै आएको काममा केही अपुग भएको अवस्थामा संघीय मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले जानकारी गराए ।

प्रवक्ता डा गौतमले जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न गराउनका लागि आग्रह गरिएको पत्रमा उल्लेख गरिएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts