नेपालमा १२ लाखभन्दा बढी पिसिआर परीक्षण, १ लाख १५ हजार ३ सय ५८ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २७ असोज । नेपालमा आरटी पिसिआर विधिबाट गरिने कोरोना परीक्षणको संख्या १२ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १५ हजार ५ सय ७७ पिसिआर परीक्षण गरिएको हो । योसँगै नेपालमा आरटी पिसिआर विधिबाट गरिने कोरोना परीक्षणको संख्या १२ लाख ७ हजार ९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा १५ हजार ५ सय ७७ पिसिआर परीक्षणमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । उनले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी गराए ।

यस्तै पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ३ जना कोरोना संक्रमणपछि स्वस्थ भएका छन्  । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ । यो दर कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो । 

हाल नेपालमा ३५ हजार ९ सय १५ सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2020-10-13 16:27:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts