सुदूरपश्चिमका ४ संक्रमित आईसीयुमा, तीन जनालाई भेन्टिलेटरमा राखियो



Download our app to get more features

धनगढी, २७ असोज । सेती प्रादेशिक अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमितको आईसियु र भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पताललमा उपचाररत चार जना संक्रमितलाई आईसियु र तीन जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय पुरुष र कञ्चनपुरकै महाकाली नगरपालिका वडा नम्बर २ का ७४ वर्षीय वृद्धको भेन्टिलेटरमा राखेर उपचार भइरहेको दिनेश खबरलाई जानकारी दिए ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का ५० वर्षीय पुरुष,  कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का ४६ वर्षीय पुरुष, भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय पुरुष र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय पुरुषको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts