लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

रुपन्देही, २७ असोज । लुम्बिनी प्रादेशिक अस्पतालको अस्थाई कोभिड अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ४ निवासी ८० वर्षीय महिला र बुटवल उपनगरपालिका– ३ निवासी ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
७२ वर्षीय पुरुष ज्वरो र श्वासप्रश्वासमा समस्या भएर असोज २ अस्पतालमा भर्ना भएका थिए। उनको त्यसै दिन कोरोना पोजेटिभ आएको थियो।
उनको मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार उनी मुटु, उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।
त्यस्तै, ८० वर्षीय महिला ज्वरो र श्वासप्रश्वासमा समस्या भई असोज २६ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनको सोही दिन दिउँसो १ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
Last modified on 2020-10-13 12:39:11