सार्वजनिक गाडीले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने, कोरोना सर्ने संभावना कत्तिको छ ?

काठमाडौं, २७ असोज । सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण सार्वजनिक यातायातका साधनमा सीमित मात्रै यात्रु बोक्न दिइएकोमा अब पूर्णरुपमा यात्रु बोक्न दिने भएको हो ।
यसअघि आधा मात्रै सिटमा यात्रु राख्न पाउने र भाडा ५० प्रतिशत लिन पाउने गरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको थियो । तर अब भाडा पनि पूरानै दरमा लिनुपर्ने छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिम बढ्दै गएको बेला व्यवसायीको दबाबमा पूर्ण क्षमताअनुसार सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।
यसअघि सिट क्षमताको आधा मात्रै यात्रु राख्ने निर्णय भएपनि । सार्वजनिक यातायतका साधनले उभ्याएर सम्म पनि यात्रु बोक्दै आएका थिए। जसले गर्दा पनि कोरोनाको जोखिम बढेको अनुमान सहजै गर्न सकिन्छ ।
काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा कोरोना संक्रमणको दर तीब्र गतिमा बढिरहेका बेला गरिएको यस्तो निर्णय संक्रमणको जोखिम झन बढ्ने देखाएको छ ।
लामो दूरीमा यात्रा गर्दा कोराना सर्ने जोखिम :
लामो दरीको यात्रा गर्दैमा कोरोना सर्छ भन्ने हुदैन तर हामीले स्वास्थ्यका मापदण्डको पालना पूर्ण रुपमा गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले बताए । उनका अनुसार,लामो यात्रा गर्दैमा कोरोनाको जोखिम बढेछ भन्ने होइर्न तर जोखिम यात्रुले स्वास्थ्यका मापदण्ड पालना नगर्दा हुने हो । अहिलेको अवस्थामा सुरक्षा मापदण्ड पालना गराउँन निक्कै गाह्रो भएको छ । जसले गर्दा संक्रमण बढेको हो ।
लामो दुरीको यात्रा गर्दा जान्नै पर्ने कुरा :
१. अनुहारमा कसिलो हुने गरि मास्क लगाउँने ।
२. गाडी स्टेसनमा अरुसँग नछोएर बस्ने वा गाडी कुर्ने ।
३. गाडीमा चढेर दुईजना सँगै बस्दा पनि नबोल्ने । बोल्नै परे एकदम कम बोल्ने ।
४. मास्कको बाहिरी भागमा हातले छुदैनछुने । आँखामा हात नलाने ।
५. धेरै जनाको आँखा खुल्ला हुने भएकाले अरुले बोल्दा सानो सानो ड्रपहरु आँखाको माध्यमबाट सर्ने सक्छ, त्यसैले आँखाको पनि सुरक्षा गर्ने ।
६. गाडी रोकिएको ठाउँमा सौचालय जानु अघि र पछि पनि साबुन पानीले कम्तिमा २० सेकेण्ड सम्म हात धुने ।
७ .सकेसम्म बाहिर बनेको खानेकुरा नखाने ।
८. खाजा तथा खाना आफैले घरबाट बनाएर यात्रा गर्ने ।
९. पानीको बोटलमा स्यानीटाईजर लगाउन पदैन् बरु बोटल खोल्न भन्दा पहिला हात राम्रो सँग धुने ।
१०. गन्तव्यमा पुगे पछि पनि सबै भन्दा पहिला साबुन पानीले हात धोएर मात्रै अरु सामान चलाउने ।