चितवनमा ९० वर्षीय वृद्धसहित थप ९२ जनामा काेराेना संक्रमण पुष्टि

चितवन, २७ असाेज । चितवनमा ९० वर्षीय वृद्धसहित थप ९२ जनामा काेराेना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएकाे छ ।
भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा आइतवार र साेमबार गरी ७५ र भरतपुर अस्पताल काेभिड–१९ परीक्षण प्रयाेगशालामा साेमबार गरिएकाे परीक्षणमा ३४ गरी थप ९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
जसमध्ये ७१ जना जिल्ला भित्रका छन् भने २१ जना बाहिरी जिल्लाका छन् । चितवन मेडिकल कलेज (सीएमसी) ले आइतवार र साेमबारकाे नतिजा एकमुस्ट मंगलबार बिहान बल्ल सार्वजनिक गरेकाे छ ।
चितवनका यी दुईवटा प्रयाेगशालामा गरी पाँच सय ३४ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती ९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।