कोरोनाका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सवारी चालकको मृत्यु



Download our app to get more features

काठमाडौं, २७ असोज । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सवारी चालकको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार उनको उनका सोमबार बिहान ३ बजे मृत्यु भएको  हो ।

६७ बर्षीया चालकको एपीएफ अस्पताल सतुगंलमा मृत्यु भएको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बताए ।

"होम आईसोलेसनमा बसेका चालकलाई स्वास फेर्न गाह्रो भए पछि एपीएफ अस्पतालको भन्टीलेटरमा राखेर उपाचार गएिको थियो, गुप्ताले भने ।" उनि विगत सात बर्ष देखि जनस्वास्थ्य प्रयोगशालामा कार्यरत थिए ।  
 दश दिन पहिला संक्रमित भएका उनलाई ब्लड प्रेशर तथा मुटुको समस्या थियो ।

Last modified on 2020-10-13 08:51:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts