चितवन मेडिकल कलेजमा उपचाररत ३५ वर्षीया काेराेना संक्रमित महिलाकाे मृत्यु



Download our app to get more features

चितवन, २६ असाेज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एकजना काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१५ की ३५ वर्षीया महिलाको सोमबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा. दयाराम लम्सालले जानकारी दिए । 

उनका अनुसार श्वासप्रश्वास समस्या भई ती महिला उपचारको लागि यहि असोज २१ गते अस्पतालमा भर्ना भएकी थिइन् । 

उनमा असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएकाे थियो । ती महिलाको कोभिड आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । उनको उपचारकाे क्रममा त्यहीँ मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

Last modified on 2020-10-12 22:00:17

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts