काठमाडौं उपत्यकामा २२८३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना संक्रमित भेटिएका हुन् ।
यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३५ हजार ९ सय ८९ पुगेको छ । ललितपुरमा ४ हजार ९ सय २६ र भक्तपुरमा ३ हजार ५ सय ५२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।
२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ।
आज देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
Last modified on 2020-10-12 18:23:08