लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक संक्रमितको मृत्यु

रुपन्देही, २६ असोज । लुम्बिनी प्रप्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देही जिल्ला देवदह नगरपालीका वडा न १०का ७९ वर्षीय पुरुषको सोमबार बिहान ७ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी असोज २० जते ज्वरो र स्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएका थिए।
उनको असोज १९ गते कोरोना पृष्टि भएको थियो। उनी दम र उच्च रक्तचाप बिरामी भएको अस्पतालले जनाएको छ ।
Last modified on 2020-10-12 13:04:42