स्वास्थ्यका विभिन्न निकायमा सरकारको नियुक्ति, क-कसले पाए जिम्मेवारी ?

काठमाडौं, २५ असोज । सरकारले स्वास्थ्यका विभिन्न निकायमा नियुक्ति गरेको छ ।
नेपाल सरकार मन्त्रीपरिषदको बैठकले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गरेको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रद्रीप ज्ञवालीले रोका क्षेत्रीलाई राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिक केन्द्र विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको बताए ।
यस्तै सरकारले औषधि परामर्श परिषदमा तीन जना सदस्य नियुक्त गरेको छ । प्राडा संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई परिषदको सदस्यामा नियुक्त गरेको हो । तीनै जना सदस्यको अवधि तीन वर्षको हुने छ ।
यसैगरि सरकारले कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्ष पदम डा वशिष्ट प्रसाद रिजाल, सिंहदरवार वैद्यखानाको अध्यक्ष पदमा डा बाबुराजा अमात्यलाई नियुक्त गरेको हो ।