पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं, २५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय ४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै काठमाडौंमा कोरोना संक्रमित संख्या ३३ हजार ७ सय ६ पुगेको छ।  ललितपुरमा ४ हजार ६ सय ४९ र भक्तपुरमा  ३  हजार ४ सय३४ कोरोना संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, १ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन्। योसँग देशभर डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts