भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु



Download our app to get more features

चितवन, २५ असोज । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत एक बेवारिसे महिलाको मृत्यु भएको छ ।

चितवन बस्दै आएकी ४० वर्षीया बेवारिसे महिलाको आइतवार साँझ ५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । 

उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यहि असोज १५ गते अस्पताल भर्ना भएकी थिईन् । उनमा असोज १९ गते कोरोना पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि संक्रमण पुष्टि भएकै दिनदेखि कोभिड आईसियूमा राखेर उपचार गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा रक्सीको कारण कलेजोको खराबी, शरीरमा संक्रमणको मात्रा बढ्नुका साथै निमोनिया समेत देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि भरतपुर महानगरपालिका–२० का ६९ वर्षीय वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणकै कारण आइतवार बिहान ११ः३० बजे यसै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Last modified on 2020-10-11 19:47:10

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts