ज्वरो आएपछि अस्पताल भर्ना भएका शिक्षामन्त्री पोखरेलमा कोरोना पुष्टि



Download our app to get more features

काठमाडौं, २५ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पोखरेल अस्पतालमै छन् ।

यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts