५ महिला र १७ पुरुष गरि थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, २५ असोज । नेपालमा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ महिला र १७ जना पुरुष गरि थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 
 
मृत्यु हुनेमा काठमाडौंकी ६६ वर्षीया, सुनसरीकी ६३ वर्षीया, धनकुटाकी ६१ वर्षीया, मकवानपुरकी ८५ वर्षीया र चितवनकी ७५ वर्षीया गरि ५ जना महिला रहेका छन् ।

यस्तै मकवानपुरका ४७ र ९८ वर्षीय, सर्लाहीका ३८ वर्षीय, ललितपुरका ४९ वर्षीय, भक्तपुरका ४४ र ५७, नुवाकोटका ७७ वर्षीय, उमेर नखुलेको एक जना पुरुष, सिन्धुपाल्चोकका ६३ वर्षीय, रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुष र काठमाडौंका ६०, ७०, ७५ र ८३ वर्षीय, सुनसरीका ६५ वर्षीय पुरुषहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts