सुदूरपश्चिममा झण्डै ९२ हजार कोरोना परीक्षण, ८ हजार १ सय ७२ जनामा संक्रमण



Download our app to get more features

धनगढी, २५ असोज । सुदूरपश्चिम प्रदेशमा झण्डै ९२ हजारको कोरोना परीक्षण गरिएको छ । सेती प्रादेशिक अस्पताल सहितका प्रयोगशालामा गरी शनिबार सम्म ९१ हजार नौँ सय ४४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य दिर्नेशनालयले जनाएको छ ।

निर्देशनालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४८ हजार आठ सय ८४ जनाको नमूना परीक्षण गरिएको छ भने एक हजार तीन सय ५३ जनाको रिर्पोट आउन बाँकी छ ।

यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालामा १७ हजार नौँ सय २७, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार तीन सय १८, डोटी अस्पताल प्रयोगशालामा चार हजार सात सय २७, बझाङ प्रयोगशालामा एक हजार तीन सय ४५ र बैतडी प्रयोगशालामा नौ सय ७७ जनाको नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।  

शनिबार सम्म प्रदेशमा ९ वटै जिल्लामा गरी आठ हजार एक सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढि कैलालीमा दुई हजार आठ सय ४३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कैलालीपछि डोटीमा एक हजार एक सय २२ जनामा संक्रमण पुष्टि भएकोे छ ।

अछाममा एक हजार ९८ जना, कञ्चनपुरमा नौ सय २३ जना,  बाजुराका  ६ सय ३३ जना,  बझाङमा पाँच सय ९९ जना, बैतडीमा चार सय ३६ जना, डेल्धुराका तीन सय ६१ जना र दार्चुलामा एक सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये ६ हजार सात सय ५६ जना डिस्चार्ज भएका छन् भने २३ जनाको मृत्यु भईसकेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts