चितवनमा काेराेना संक्रमणबाट भरतपुर २० का वडाध्यक्षकाे मृत्यु



Download our app to get more features

चितवन, २५ असाेज । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत भरतपुर २० का वडाध्यक्षकाे मृत्यु भएकाे छ ।

भरतपुर महानगरपालिका–२० का ६९ वर्षिय वडाध्यक्ष मणिलाल तामाङको आइतवार बिहान ११ः३० बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ ।

उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यहि असाेज २३ गते अस्पताल भर्ना भएका थिए । उनी असाेज १६ गते नै काेराेना पुष्टि भई हाेम आइसाेलेसनमा बस्दै आएका थिए । उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि काेभिड आईसियूमा भेन्टिलेटरकाे सहायताले उपचार गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

मधुमेह, उच्च रक्तचापका बिरामी उनमा अहिले निमाेनिया समेत देखिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

याेसँगै चितवनका ३४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

Last modified on 2020-10-11 12:49:12

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts