चितवन मेडिकल कलेजमा उपचाररत थप एकजना काेराेना संक्रमितकाे महिलाकाे मृत्यु



Download our app to get more features

चितवन, २५ असाेज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एकजना काेराेना संक्रमितकाे महिलाकाे मृत्यु भएकाे छ ।

चितवनकाे भरतपुर महानगरपालिका १० की ७५ वर्षीया वृद्धाकाे मृत्यु भएकाे अस्पतालका निर्देशक प्रा डा. दयाराम लम्सालले जानकारी दिए । 

उनका अनुसार श्वासप्रश्वास समस्या भई ती महिला उपचारको लागि यहि असोज २२ गते अस्पतालमा भर्ना भएकी थिइन् । 

उनमा असोज २३ गते कोरोना संक्रमण पुष्टि भएकाे थियो । ती महिलाको कोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको आइतवार बिहान ५ बजेर १० मिनेट जाँदा मृत्यु भएको डा. लम्सालले जानकारी दिए । 

उनी उच्च रक्तचाप, मधुमेह र दमकाे बिरामी समेत थिईन् । याेसँगै चितवनका ३३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

Last modified on 2020-10-12 06:30:40

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts