बुटवलमा कोरोना ३ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

बुटवल, २५ असोज । बुटवलको कोरोना बिशेष अस्पतालमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका २ जना र अर्का एक जना अस्पतालको सम्पर्कमा आएका ब्यक्ती  गरी ३ जनाको  मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो । 
बिरामीको अवस्था जटिल रहेकाले लुम्बिनी प्रादेशिकअस्पतालले आईसीयू अनिवार्य भएपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उनको मृत्यु भएको थियो ।
त्यसैगरि गत असोज २२ कोरोना पुष्टि भएर २४ गते देखि कोरोना बिशेष अस्पतालमा भर्ना रहेका ७० वर्षिय पुरुषको शनिबार राती ९ः५५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
उनी गत २२ गते देखि कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए । बुटवलमा मध्यराती २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको मध्यराती २ बजे मृत्यु भएको डा. गौतमले बताए । गएराति भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३८पुगेको छ । संक्रमितको मृत्यु दिनहु बढे संगै बुटवलमा त्रास फैलिन थालेको छ


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts