आज बिहान साढे ९ बजे अनसन तोड्दै डा. केसी, सरकारसँग ८ बुँदे सहमति



Download our app to get more features

काठमाडौं,२५ असोज । अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ। शनिबार राती सरकारी पक्ष र डा. केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको डा. केसी पक्षका वार्ता टोली सदस्य डा. लोचन कार्कीले जानकारी दिएका हुन्। 

सहमति डा. केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ।

सरकारसँग सहमति भएपनि डा. केसीले भने आइतबार बिहान साढे ९ बजे मात्र अनसन तोड्ने भएका छन्।

सरकारी पक्ष डा. केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो। शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको वार्ता टोलीले राती निष्कर्ष निकालेको हो। 

बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता शुक्रबार राती ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको थियो। तर बिहीबारको कुराकानीभन्दा शुक्रबार सरकारी पक्ष पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको थियो। 
 अनसनरत डा. केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

Last modified on 2020-10-11 07:13:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts