मानसिक समस्या व्यक्ति र सरकारको प्राथामिकतामा परेन



Download our app to get more features

काठमाडौं, २४ असोज । मानसिक रोग विशेषज्ञले मानसिक समस्या मानिसको मृत्युको कारण बनिरहँदा पनि  सरकारको प्राथामिकतामा नपरेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन नेपालका मानसिक रोग विशेषज्ञ डाक्टर केदार मरठ्ठाले मानसिक समस्याका कारण आत्महत्या तथा शरीरको ख्याल नगर्दा मृत्युको मुख्य कारणभित्र परिरहँदा पनि यसतर्फ ध्यान नगएको बताए । 

डाक्टर मरठ्ठाले मानसिक स्वास्थ्य सम्बन्धि स्वास्थ्य सेवा सबैको पहुँचमा नरहेको र पहुँच भएमा पनि अज्ञानता, अन्धविश्वास तथा लान्छना आदिको कारण पीडितले उपचार सेवा नपाइरहेको बताए ।  कोरोना महामारीको कारण मानसिक समस्या हुनेको संख्या बढेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेकाछन् । 

आज सबैको लागि मानसिक स्वास्थ्य, पर्याप्त लगानी व्यापक पहुँच, जसलाई पनि जहाँ पनि भन्ने नाराका साथ मानसिक स्वास्थ्य दिवस मनाइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts