भरतपुर अस्पतालमा उपचाररत ४७ वर्षीय काेराेना संक्रमित पुरूषकाे मृत्यु

चितवन, २४ असाेज । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
भरतपुर महानगरपालिका १ का ४७ वर्षीय पुरुषकाे शनिवार साँझ ६ः३० बजे मृत्यु भएकाे अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
ती पुरूषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए । साेहिदिन काेराेना पुष्टि भएका उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि काेभिड आईसियूमा राखेर उपचार गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
उनकाे शरीरमा गम्भीर प्रकारकाे संक्रमणसँगै फाेक्साेमा निमाेनिया समेत देखिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
याेसँगै चितवनका ३२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।