पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २४ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शुक्रबार भट्टराईले परीक्षणका लागि स्वाब दिएका थिए। शनिबार रिपोर्ट पोजेटिभ आएको सामाजिक सन्जाल मार्फत उनले जानकारी गराएकाछन् । 

यसअघि गत सोमबार परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि जिल्लाका कार्यक्रमहरुमा सहभागी भएर फर्किएपछि ज्वरो आएको उनले बताए।


 

Last modified on 2020-10-10 19:28:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts