डा. केसीलाई अनसन तोड्न सरकारी टोलीको आग्रह



Download our app to get more features

काठमाडौं, २४ असोज । सरकारी वार्ता टोलीले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

 शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा. केसीका मागबारे आफ्नो धारणा समेत  सार्वजनिक गरेको हो ।
सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको विज्ञप्तिमा भनिएको छ । 

सरकारी वार्ता टोलीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयंम मुल्यांकन प्रतिवेदन पेश भइसकेको छ । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको वक्तव्यमा उल्लेख छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न गुरुयोजना पारित भइसकेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु भइसकेको सरकारी वार्ता टोलीले बताएको छ ।

यस्तै,विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा रहेको र चिकित्सा शिक्षा ऐन संशोधनका लागि कार्यदल गठन गरेर काम थालिसकेको बताएको छ ।

गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न  डा गोविन्द केसीलाई वार्ता समिति अनुरोध गरेको छ ।  



फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts