चितवनमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमित पुरूषको मृत्यु

चितवन, २४ असोज । चितवनमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२० का ६७ वर्षीय वृद्धको शुक्रबार राति ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शुक्रवार मात्रै कोरोना संक्रमण पुष्टि भएका ती वृद्ध होम आइसोलेसनमा रहेका थिए । उनी क्यान्सरका बिरामी थिए ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृत्यु हुनेमा २३ जना पुरूष र ८ जना महिला रहेका छन् ।
Last modified on 2020-10-10 12:07:30
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।