डा. केसीको जीवन रक्षाका लागि सरकारलाई दवाव दिन आज प्रदर्शन गरिँदै

काठमाडौं, २४ असोज । अनसनरत डा. गोविन्द केसी समूहले आज प्रदर्शन गर्ने भएको छ ।
विगत २७ औं दिनदेखि अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा समेत सरकारले उनको जीवन रक्षाका लागि कुनै जिज्ञासा नदेखाएको भन्दै आज १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।
सोलाडिरिटी फर डाक्टर केसी समूहले डा. केसीको स्वास्थ्यमा जोखिम बढेर जटिलता आइ ज्यानै जान सक्न सम्भावना रहेकाले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्री परिषद्बाट पारित गर्न पनि सरकारसँग माग गरेको छ ।
डा केसीको तर्फबाट गठित वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले सरकारले वार्ताको नाममा जालझेल गरेको भन्दै केसीको ज्यान जोखिम राख्ने काम गरेको आरोप लगाए ।
बिहीवार लामो समय वार्ता भएपनि शुक्रवारको वार्ता गर्ने भनेपनि अन्तिम समयमा आएर सहमति गर्न नसकेर वार्ता निश्कर्षबिहीन भएको थियो ।