चितवनमा थप १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७ सय नाघ्यो



Download our app to get more features

चितवन, २४ असोज । चितवनमा थप १ सय ४९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा एक सय १४ र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ३५ गरी शुक्रवार गरिएको परीक्षणमा थप एकसय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा ९० जना पुरूष र ५९ जना महिला रहेका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा संक्रमण पुष्टि भएका ३५ जना सबै चितवनका छन् । उता चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा संक्रमण पुष्टि भएका एकसय १४ जना मध्ये १९ जना अन्य जिल्लाका छन् भने बाँकी ९५ जना चितवनका छन् । 

यसरी शुक्रवार दुईवटा प्रयोगशालामा गरिएको परीक्षण अनुसार संक्रमण पुष्टि भएका मध्ये चितवनका मात्रै एकसय ३० जना छन् । त्यसमध्ये पनि भरतपुर महानगरपालिकाका मात्रै ८० जना छन् । बाँकी ५० जना जिल्लाका अन्य विभिन्न पालिकाका रहेका छन् ।

बाहिरी जिल्लाका १९ जना कोरोना संक्रमित हुनेहरूमा अधिकांश उपचारका लागि यहाँका अस्पतालमा आएका विभिन्न जिल्लाका बिरामीहरू छन् ।

योसँगै जिल्लाका संक्रमितको संख्या २७ सय नाघेको छ । जसमध्ये स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रवारसम्म १ हजार ५ सय ३५ जना कोरोना संक्रमणमुक्त भई स्वस्थ भएका छन् । सक्रिय संक्रमितको संख्या समेत ११ सय नाघेको छ । संक्रमित मध्ये अहिलेसम्म जिल्लाका ३० जनाको मृत्यु भइसकेको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts