पुर्वमन्त्री विश्वकर्माद्वारा देवदह नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तण

रुपन्देही, २४ असोज । रुपन्देही क्षेत्र नं १ मा प्रतिनीधि सभासदस्य एवं पुर्वमन्त्री छविलाल विश्वकर्माले देवदह नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
नगरपालिकामा आयोजित कार्यक्रममा विश्वकर्माले देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई मास्क, स्यानिटाइजर र थर्मलगन लगायतका सामग्री हस्तान्तरण गरे ।
पुर्वमन्त्रीसमेत रहेका विश्वकर्माले देवदह नगरपालिकाले कोरोना भाइरस रोकथाम र संक्रमित व्यवस्थापनको क्षेत्रमा गरेको कामहरुको बारेमा पनि जानकारी लिएका थिए । स्वास्थ्य शाखाका राम प्रसाद बस्यालले देवदह नगरपालिका भित्र एउटा आइसोलेसन कक्ष क्वारेनटाइन र देवदहमा जम्मा १ सय ७ जना कोरोना संक्रमित रहेको बताए । त्यसमध्ये ६५ जना निको भएको ३७ जनाको उपचार भइरहेको र पाच जनाको मृत्यु भएको बताए ।
देवदह उपप्रमुख गुरुङले नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको र शव वहानको व्यवस्थापनका लागि सहयोग गरीदिन आग्रह गरिन । उनले देवदहमा ५ वेडको अस्पाताल संञ्चालन गर्न लागिएको र त्यसका लागि एक जना बिशेषज्ञ डाक्टर र एक जना नर्सको आवेदन खोल्ने प्रक्रिया अघि वढेको जानकारी समेत गराईन ।
नेता विश्वकर्माले उपप्रमुख गुरुङलाई पूर्व पश्चिम लोकमार्गको घोडाहा क्षेत्रमा पर्ने सडक ६ लेनको बनाउने बिषयमा सडक विभाग संग गरीएको छलफलको वोधार्थ पनि हस्तान्तरण गरे ।