आयुर्वेद औषधि र पौष्टिक आहार लिएर संक्रमितको घरघर पुग्दै शुद्धोधन गाउँपालिकाका वडा अध्यक्ष

रुपन्देही, २४ असोज । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कँडेल कोरोना संक्रमितको अवस्था बुझ्न घरघरमा पुग्न थालेका छन् ।
समुदाय स्तरमा कोरोना व्यापक रुपमा फैलिरहेपछि संक्रमित होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको गुनासो सुन्न र अवस्था बुझ्न शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ का वडाअध्यक्ष कँडेल आयुर्वेद औषधि र पौष्टिक आहार बोकेर घरघरमा पुगेका छन् ।
होम आइसोलेसनमा बसेका ४ जनालाई भेटी उनीहरुको अवस्था र गुनासा बुझी आयुर्वेद औषधि , पौष्टिक आहार वितरण गरेका हुन् । होम आइसोलेसनमा बसेका संक्रमितको आत्मबल बढाउन आयुर्वेद औषधि लगायत अन्य पौष्टिक सामाग्रीहरु सहित संक्रमितको घर घरमा पुगेको गाउँपालिका प्रवक्ता कँडेलले बताए ।
संक्रमितको अवस्था बुझी मनोबल बढाउन यश अघि पनि पौष्टिक आहार र आयुर्वेद औषधि लिएर होमआइसोलेसनमा पुगेको र आगामी दिनमा पनि नयाँ संक्रमितहरुको घरघरमा गइ यस कार्यक्रमलाई निरन्तरता दिइने कँडेलको भनाइ छ ।
स्वास्थ्य सावधानीका उपायको जानकारी सहितको वैकल्पिक उपचार पद्धतिका आयुर्वेद ओखती बोकेर आइसोलेसनमा प्रवक्तासहितको टोली नै आएपछि संक्रमितमा मनोबल बढेको संक्रमितहरुले बताएका छन् । भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाइएको र अरूलाई पनि अपनाउन अपिल गरिएको थियो ।
प्रवक्ता सहित गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख परम्सु ढकाल,शंकर माध्यमिक विद्यालयकाका प्रधानाध्यापक टंक पौडेल,सामाजिक अभियान्ता कपिल अर्याल संक्रमितलाई भेट्न वडा अध्यक्षसंग घर घरमा पुगेका थिए ।