दाङ र रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २३ असोज । दाङ र रुपन्देहीमा गरि दुईजना कोरोना संक्रमितको मत्यु भएको छ। दाङका १५ वर्षिय किशोरको कोरोना संक्रमणबाट नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत किशोरको उपचारको क्रममा शुक्रबार राती ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिएकाछन् ।
मृतक किशोरमा गएको १९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा प्लाज्मा थेरापी सहित सबै उपचारका बिधि अपनाउंदा पनि बचाउन नसकिएको मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
यता, रुपन्देहीमा पनि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालमा उपचारत सुद्धोधन गाँउपालिका ६ का ५७ वर्षिय पुरुषको शुक्रबार ४ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएर गएको असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भए पछि कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो । उपचारकाका सबै उपाय अपनाउंदा पनि उनलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले बताए । गौतमका अनुसार मृतकले लामो समय देखि क्षेयरोगको औषधी सेवन गरिरहेका थिए ।
आज मृत्यु भएसंगै रुपन्देहीमा मृतकको संख्या ३४ पुगेको छ ।