सरकारी टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीच वार्ता सुरु 



Download our app to get more features

काठमाडौँ, ३२ असोज । सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीच केहीबेरमा वार्ता सुरु् भएको छ । सरकारले अहिले ९ बजेबाट सुरु भएको डा.केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका हुन् । 

सरकारले दिनभर वार्ताको बेवास्ता गरेपछि केसी पक्षले शुक्रबार राति  ९:४० मा पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ सार्वजनिक गर्ने बताएको थियो ।

तर सरकार पक्षले एक घण्टा अगाडि छलफलका लागि बोलाएको हो ।सहमति भए सहमतिको पत्रकार सम्मेलन र दिउँसो जस्तै भुलाउन बोलाइएको भए भण्डाफोर गर्ने केसी पक्षका सहभागिले बताएकाछन्  

शुक्रबार बिहानैबाट वार्तालाई निरन्तरता दिने भनिए पनि सरकारी वार्ता टोलीले समय नदिँदा दिनभर वार्ता भएन । २६ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य झन् जटिल बन्दै गएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भन्दै सरकारी वार्ता टोलीले समय मागेको थियो । पछि आन्तरिक गृहकार्यका लागि भन्दै वार्ता स्थगित गरिएको थियो । बिहीबार दुई पक्षबीच करिब १० घण्टा केसीका मागबारे छलफल भएको थियो ।

 शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलीप शर्मा सदस्य रहेको वार्ता टोली र डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का संयोजक डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता टोली बनेको छ ।

टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा। अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् । 

Last modified on 2020-10-09 21:14:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts