चितवनमा उपचाररत काेराेना संक्रमित ३६ वर्षीय पुरूषकाे मृत्यु

चितवन, २३ असाेज । भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत थप एकजना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
नवलपुरकाे गैंडाकाेट नगरपालिका १ का ३६ वर्षीय पुरूषको शुक्रवार दिउँसो ३ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
उनी मिर्गौलाकाे समस्या देखिएपछि यहि असोज १८ गते अस्पतालमा भर्ना भएका थिए । उनमा असाेज १९ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनकाे काेभिड आईसियूमा उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
उनी लामाे समयदेखि मिर्गौलाकाे बिरामी थिए । अहिले उनकाे शव अस्पतालमै छुट्टै राखिएकाे छ । नेपाली सेनाले शनिवार उनकाे शव व्यवस्थापन गर्ने बताइएकाे छ ।
Last modified on 2020-10-09 19:59:39
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।