बर्दघाट नगरपालिकाले स्वास्थ्य स्वयमसेवीकाहरु अवकास हुँदा २ लाख रुपैयाँ दिने



Download our app to get more features

रुपन्देही, २३ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्य स्वयमसेवीकाहरुको अवकास हुँदा २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

नगर भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भुमिका खेल्दै आएका स्वास्थ्य स्वयमसेवीकाहरुलाई राज्ले उपेक्षा गरिरहेको भन्ने गुनासो आईरहने भए पनि नगरपालिकाले भने उनीहरुको सेवाको उचित मुल्याङ्कन गर्दै अवकास प्राप्त नगरपालिकाको तर्फबाट २ लाख रुपैयाँ उपलब्ध गराउँने गरी निर्णय भएको नगर प्रमुख धिरज शर्मा बस्यालले बताए ।  

नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको उत्तर प्रसुती सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले नगरपालिकाको पहाडि क्षेत्रका गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउँदा एक दुई दिन पहिलेनै आउनुपर्ने अवस्था भएपछि नगरपालिकाले सुत्केरी आमा संगै कुरुवालाई समेत निशुल्क खाना बस्नका ब्यबस्था मिलाएको बताएकाहुन् । 

 
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मायादेवी पौडेलले कोरोना महामारीका कारण नगरमा संचालित खोप कार्यक्रमको तथ्याङ्कमा केहि उतारचढाव भएको बताएकीछन ।  नगरपालिकाले अगाडि सारेको सुत्केरी तथा कुरुवाको लागि निशुल्क खाना तथा बासको कार्यक्रमलाई राम्रो संग प्रचारमा लैजान पनि नगरपालिका भित्र रहेका सवै स्वास्थय संस्थाका नर्सिङ्ग स्टाफहरुलाई आग्रह गरेकी छन।  पौडेलले नगरपालिकाले स्वमसेवीकाहरुलाई सम्मान गर्दै ६० बर्ष पछि अवकास हुँदा सरकारले २० हजार उपलब्ध गराउने गरेकोमा नगरपालिकाले सम्भवत नेपालमै पहिलोपटक २ लाख उपब्ध गराउने निर्णय भएको बताईन् ।  

Last modified on 2020-10-09 19:40:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts