सरकार र डा. केसी पक्षबीच आज बस्ने भनिएको वार्ता अझै अनिश्चित



Download our app to get more features

काठमाडौं, २३ असोज । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको आजको वार्ता अनिश्चित बनेको छ ।

बिहीवार भएको सरकार र डा. केसी पक्षबीचको वार्ता निश्कर्षबिहीन बनेपछि आजका लागि वार्ता बस्ने भनिएको थियो । तर, सरकारी टोलीले आज दिनभर तयारी नभएको भन्दै वार्ताको समय तोकेको छैन ।

डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार आज साँझ ७ बजेपछि वार्ता बस्ने भनेर अनौपचारिक रुपमा जानकारी दिएपनि अझै वार्ता बस्ने वा नबस्ने टुङ्गो लाग्न सकेको छैन ।

डा. केसीको माग सम्बोधनका लागि सरकारले बिहीवारदेखि वार्ता टोली गठन गरेर छलफल सुरु गरेको हो । बिहीवार लामो समयसम्म चलेको दुई पक्षबीचको वार्ता बिना निश्कर्ष टुङ्गिएको थियो ।

यसअघि बिहीवार बिहान करिब १० बजेदेखि सुरु भएको वार्ता राति झन्डै १० बजेतिर सकिएपनि निश्कर्षमा भने पुग्न सकेको थिएन ।

विभिन्न ६ बुँदे माग राखि डा. केसीले १९ औं अनसन थालेको आज २६ दिन भएको छ । २६ औं दिनसम्ममा डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अक्सिजन सपोर्टमा रहेका डा. केसीको मुटुमा संक्रमण पनि भएको बताइएको छ ।

सरकारले शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेर वार्ता सुरु गरेको हो । डा. केसीको तर्फबाट जीवन क्षेत्री, डा. लोचन कार्की र डा. अञ्जनी कुमार झा रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts