कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल सजाय

काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमण ऐन अनुसार कारबाही गर्ने बताएको छ।
मन्त्रालयले संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिँदे पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए।
उनले पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्नुहुन अनुरोध गरेका छन्।
‘पिसिआर परीक्षणका लागि नमुना दिएर आफ्नो काममा लाग्ने, कार्यालयको काममा बाहिर जाने गरेको पाइएकोले सबैलाई रिपोर्ट नआएसम्म घरमा क्वारेन्टाइनमा बस्न डा.गौतमको आग्रह छ । यदि रिपोर्ट पोजिटिभ आएमा बीचमा अरुलाई सर्न सक्छ र नेगेटिभ आए अन्य सावधान अपनाउनुपर्ने प्रवक्ता गौतमले भनेकाछन् ।