काठमाडौं उपत्यकामा १४०९ कोरोना संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं, २३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३  र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा ३० हजार ४ सय ९७, ललितपुरमा ४ हजार १ सय ७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts