लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण

रुपन्देही, २३ असोज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई शुक्रवार कोरोना पुष्टि भएको रिर्पोट आएको प्रदेश सांसद इन्द्र जित थारुले बताए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
केसीलाई कोरोना भएपछि उनी मन्त्री निवासमै आइसोलेनमा बसेका छन् ।
Last modified on 2020-10-09 17:39:50