नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं, २३ असोज । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ हजार २ सय ८९ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या एक लाख ६ सय ७५ पुगेको छ ।
यस्तै, गत २४ घन्टामा थप १६ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणपछि निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।
हाल नेपालमा २७ हजार ५३ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा छन् भने १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2020-10-09 16:30:51